शनिबार, मंसिर २७, २०८२
लागूऔषधका साथै चोरीको सामान सहित बनेपाबाट २ युवक पक्राउ

काभ्रे : लागूऔषधका साथै चोरीको सामान सहित जिल्लाको बनेपा नगरपालिका वडा नं ५ स्थित चण्डेश्वरी मन्दिर परिसरमा रहेको सार्वजनिक शौचालय भित्र रहेको धाराको टुटी खोली चोरी गर्दै गर्दैको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नमोबुद्ध नगरपालिका वडा नम्बर ६ का २३ वर्षीय अनिल तामाङ र नाम परिवर्तित नमोबुद्धका एक जनालाई प्रहरीले बुधबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका अनुसार पक्राउ परेकासंग खानतलासी गर्ने क्रममा अनिल तामाङको साथबाट NITRAVET-10 लेखेको लागुऔषध जस्तो देखिने चक्की ६ थान र परिवर्तित नाम जिल्ला ३० नमोबुद्ध एकको साथबाट १२ थान चक्की गरी जम्मा १८ थान चक्की NITRAVET-10 र धाराको टुटी ५ थान सहित फेला पारेको हो ।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय