आइतबार, मंसिर २८, २०८२
प्रहरी दिवसको अवसरमा काभ्रे प्रहरीको वृक्षारोपण कार्यक्रम

काभ्रे : ६७ ‍औं प्रहरी दिवस २०७९ को अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेले सञ्चालन गरेको वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

प्रहरी दिवसको अवसर पारेर शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको परिसरमा वृक्षारोपण कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए ।

उनका अनुसार वृक्षारोपण कार्यक्रम अन्तर्गत कार्यालय परिसरमा कागति,सुन्तला,जुनार,नास्पति,मुन्तला गरी पाँच प्रकारका ६५ वटा विरुवा रोपिएको छ । कार्यालयले प्रहरी दिवसको अवसर वृक्षारोपण कार्यक्रम लगायत विभिन्न सचेतनामूलक कार्यक्रम गरेको छ ।

प्रहरी दिवसलाई लक्षित गरेर कार्यालयले रक्तदान, सरसफाई, विभिन्न विधाका खेलकुद कार्यक्रम गरेको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जोशीले बताए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय