१० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

काठमाडौं : नेपालमा यो वर्ष दुई हजारभन्दा बढीमा स्क्रब टाइफस पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी) अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार सन् २०२२ सुरु भएदेखि आजसम्म ५० भन्दा बढी जिल्लामा दुई हजार ४२३ जनामा स्क्रब टाइफस पुष्टि भएको छ ।

सन् २०२२ सुरु भएदेखि आजसम्म ५० भन्दा बढी जिल्लामा दुई हजार ४२३ जनामा स्क्रब टाइफस पुष्टि भएको छ । स्क्रब टाइफस सबैभन्दा बढी बैतडीमा २१०, डडेल्धुरामा १५७, कञ्चनपुरमा १३४, पाल्पामा ११३, सङ्खुवासभामा १०१, चितवनमा ८४ र काठमाडौंमा ४४ जनामा पुष्टि भएको छ ।

अन्य जिल्लामा एक सयभन्दा कममा स्क्रब टाइफसका बिरामी भेटिएको डा। दाहालले जानकारी दिए । उनका अनुसार हरेक वर्ष यो मौसममा स्क्रब टाइफसका बिरामी देखिने गर्दछन् । गत वर्ष ५० भन्दा बढी जिल्लाबाट १७ सय ७३ जनामा स्क्रब टाइफस पुष्टि भएको उनले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस