शनिबार, मंसिर २७, २०८२
‘जाने भए जाउ माया’ सार्वजनिक ( भिडियो )

काठमाडौं । अमेरिका निवासी गायक सरनको गुरुङको सुमधुर स्वरमा रहेको ‘जाने भए जाउ माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  यस गीतमा शब्द, संगीत बिकाश ल्वागुनको रहेको छ।  गीतलाई कोबिद बज्रले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा प्रकाश सपूत  र रेश्मा घिमिरे फिचर्ड छन् । बुद्ध थापाले  छायाँकन  गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्।  निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायक गुरुङको च्यानल ‘सरन गुरुङ’ मार्फत सार्वजनिक भएको हो।  यस म्युजिक  भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन निर्माण टिमले सबैलाई आग्रह गरेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय