
पुस १५ गतेबाट नेपालभर रिलिज हुँदै ‘ची मुसी ची’
हरर थ्रिलर फिल्म ची मुसी चीस् इभन डेड डिजायर बिल्डिङ आगामी पुस १५ गतेबाट नेपालभर रिलिज हुने भएको छ। एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा आयुष्मान देशराज जोशी, प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, राजन खतिवडा, रवीन्द्र झा, गौरव विष्टलगायतका कलाकारले अभिनय गरको छन्। फिल्मले नेपालमा हरर तथा थ्रिलरको ट्रेन्ड स्थापित गर्ने निर्माता अरुण चक्रवर्तीको दाबी छ।
मर्ण जेम्स र यश सैनीले संयुक्त रूपमा निर्देशन गरेको फिल्ममा नेपाल र बलिउडका प्राविधिकको समिश्रणमा निर्माण भएकाले पनि दर्शकले केही फरक र नयाँपन महसुस गर्न पाउने विश्वास निर्माण समूहको छ । रिञ्जु केसीका साथ अरुण चक्रवर्तीले निर्माण गरेको फिल्मको वितरण राइट्स डीसीएन र डिजिटल राइट्स ओएसआर डिजिटलले खरिद गरेको छ।
यो पनि : नेपाल आउँदै शबाना आजमी:भारतीय रंगकर्मी तथा अभिनेत्री शबाना आजमी नेपाल आउने भएकी छन् । काठमाडौंमा आगामी ९ मंसिरबाट सुरु हुन लागेको ‘दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ ९निटफेस्ट २०२२० मा विशेष अतिथिको रूपमा सहभागी हुन काठमाडौं आउन लागेकी हुन् ।आयोजक मण्डला थिएटरले शबानालाई नेपाल आउने निम्तो दिएको हो । सामाजिक रूपान्तरणका लागि रंगमञ्चः विविधिताको उत्सव भन्ने नाराका साथ हुन लागेको यो महोत्सवमा उनले नेपाली रंगकर्मी तथा कलाकारहरूलाई ‘मास्टर क्लास’ पनि दिने महोत्सवकी निर्देशक सिर्जना सुब्बाले बताइन् ।
मास्टर क्लास महोत्सवको दोस्रो दिन १० मंसिर साँझ ७ः३० बजे मण्डला थिएटरको मुख्य हलमा हुनेछ । साथै, अभिनेत्री शबानाले महोत्सवले आह्वान गरेको ‘इनोभेटिभ आइडिया अवार्ड’का लागि आवेदन परेकामध्ये एक अवधारणालाई आयोजकको तर्फबाट पुरस्कृत पनि गर्ने महोत्सवकी संयोजक विजया कार्कीले बताइन् ।भारतमा सबैभन्दा प्रशंसित अभिनेत्रीहरूमध्ये एक शबाना आजमीले उत्कृष्ट अभिनेत्रीका लागि पाँच राष्ट्रिय फिल्मफेयर अवार्ड तथा विभिन्न अन्तर्राष्ट्रिय सम्मान पाएकी छन् । विशिष्ट र अपरम्परागत महिलाको चित्रणका लागि परिचित आजमीलाई भारत सरकारले सन् १९९८ मा ‘पद्यश्री’ र सन् २०१२ मा ‘पद्य भूषण’बाट सम्मान गरेको थियो ।
मण्डला थिएटरमा १७ मंसिरसम्म आयोजना हुने महोत्सवमा देश–विदेशका २२ नाटकको सहभागिता हुनेछन् । महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् ।