विश्वकपमा पहिलो गोल इक्वेडरका भ्यालेन्सियाको नाममा

फिफा विश्वकप फुटबलको पहिलो खेल कतार र इक्वेडरबीच भइरहेको छ । यो खेलमा इक्वेडरले अग्रता लिएको छ । इक्वेडर कतार विश्वकपमा गोल गर्ने पहिलो देश बनेको छ ।

इक्वेडरका भ्यालेन्सियाले १६ औँ मिनेटमा पेनाल्टीबाट गोल गरे । भ्यालेन्सियाले नै ३१ औँ मिनेटमा गोल गरेर टिमलाई २–० गोलको अग्रता दिलाएका छन् । योसँगै कतार विश्वकप २०२२ मा पहिलो गोलकर्ता बनेका छन् भ्यालेन्सिया ।

कतार एएफसी एसियन कप २०१९ को च्याम्पियन समेत हो । तर, दक्षिण अमेरिकी राष्ट्र इक्वेडरविरुद्ध पहिलो खेल खेल्नु कतारको लागि चुनौती बनेको छ । इक्वेडरले यस अघि तीन संस्करणको विश्वकप खेलिसकेको छ । इक्वेडरको यो चौंथो विश्वकप हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस