बिहिबार, आश्विन २२, २०८३
राष्ट्रिय टोलीबाट विदाइपछि मेसी भावुक

काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले राष्ट्रिय टोलीबाट आफ्नो अन्तिम खेल खेलेपछि भावुक सन्देश दिएका छन्।

मेसीले अर्जेन्टिनाको प्रतिष्ठित निलो–सेतो जर्सी लगाएको क्षण सम्झिँदै आफ्नो अन्तर्राष्ट्रिय यात्रालाई खुसी र केही दुःखले भरिएको अविस्मरणीय यात्रा बताएका छन्। उनले आफूले सही निर्णय लिएकोमा स्पष्ट रहेको उल्लेख गरेका छन्।

उनले कठिन समयमा साथ दिने परिवार, सहकर्मी खेलाडी, प्रशिक्षक तथा प्राविधिक टोलीप्रति आभार व्यक्त गरेका छन्। साथै अर्जेन्टिनाका महान् खेलाडी डिएगो म्याराडोनालाई सम्झिँदै आफ्नो यात्राका हरेक कदममा उनको प्रेरणा महसुस गरेको बताएका छन्।

राष्ट्रिय टोलीका लागि खेल्न स्वतन्त्रता र समर्थन गर्ने आफ्ना क्लबहरू तथा भगवान्प्रति पनि मेसीले कृतज्ञता व्यक्त गरेका छन्। ‘म कृतज्ञ छु। म तपाईंहरू सबैलाई धेरै माया गर्छु, तपाईंहरूलाई सम्झिरहनेछु र सधैँ कृतज्ञ रहनेछु,’ मेसीले लेखेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय