शनिबार, मंसिर २७, २०८२
बैतडीमा प्रहरी चढेको जीप दुर्घटना : तीन जनाको मृत्यु, ९ को अवस्था चिन्ताजनक

बैतडी । बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ९ जनाको अवस्था चिन्ताजनक छ ।

पाटन नगरपालिकाको थुम भन्ने स्थानमा आज बिहान साढे ६ बजेतिर जिप दुर्घटना भएको थियो । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले दुर्घटनामा तीन जनाको मृत्यु भएको र नौ जनाको अवस्था ‘अत्यन्तै चिन्ताजनक’ रहेको बताए ।

घाइतेहरुलाई हेलिकोप्टरमार्फत् कोहलपुर पठाउने तयारी भइरहेको छ । उक्त जिपमा १२ जना सवार थिए । जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय