शुक्रबार, जेठ ०८, २०८३
अष्ट्रेलियालाई ४–१ गोल अन्तरले हराउँदै फ्रान्सको विजयी सुरुवात

अष्ट्रेलियालाई ४–१ गोल अन्तरले हराउँदै साविक विश्वकप विजेता फ्रान्सले विजयी सुरुवात गरेको छ । फिफा विश्वकप २०२२ अन्तर्गत कतारको अल जानुब रंगशालामा भएको खेलमा फ्रान्सले फराकिलो गोल अन्तरका साथ जित हात पारेको हो ।

खेलकाे पहिलो गोल अष्ट्रेलियाले गरे पनि पछि संख्या बढाउन सकेन । खेलको नवौं मिनेटमा गुडविनले गोल गर्दै अष्ट्रेलियालाई सुरुआती अग्रता दिलाएका थिए ।

तर फ्रान्सका ओलिभर जेरुडले दुई गोल गरे भने एड्रिन राबिओट र केलियन एमबाप्पेले एक एक गोल गरे । यो जितसँगै फ्रान्सले ३ अंक जोडेको छ । समूह डी को फ्रान्स शीर्ष स्थानमा रहेको छ भने अष्ट्रेलिया पुछारमा रहेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय