मेक्सिको र पोल्याण्डबीचको खेल गोलरहित बराबरीमा रोकियो
बुधबार, मंसिर ०७, २०७९ | १०:५७:४६
फिफा विश्वकप २०२२ अन्तर्गत मेक्सिको र पोल्याण्डबीचको खेल गोलरहित बराबरीमा रोकिएको छ ।
यो खेल बराबरीसँगै पोल्याण्डले पहिलो खेलमा १ अंक जोडेको छ । समूह सी मा रहेको पोल्याण्ड दोस्रो स्थानमा रहेको छ । यस्तै मेक्सिको १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।