क्राेएसियाले माेरक्काेसँग गाेलरहित बराबरी खेल्याे

फिफा विश्व कप फुटबल अन्तर्गत आज बुधवारको पहिलो खेलमा क्रोएसिया र मोरक्कोले बराबरी खेलेका छन् ।

कतारको अल वायत रङ्गशालामा भएको खेलमा यसअघि संस्करणकाे विश्व कपकाे उपविजेता क्राेएसियाले माेरक्काेसँग गाेलरहित बराबरी खेलेकाे हाे । बराबरीसँगै समूह ‘एफ’ मा रहेका दुवै टोलीले एक/एक अङ्क बाँडेका छन् ।

यसअघि हिजाे मङ्गलवार भएकाे खेलमा पाेल्यान्ड र मेक्सिकाे तथा डेनमार्क र ट्युनिसियाबीचकाे खेलमा पनि गाेल हुन सकेकाे थिएन ।

सन् २०१८ काे विश्व कपमा ६४ खेलमा एक खेलमा गाेलरहित बराबरी भएकाे थियाे । तर याे संस्करणकाे विश्व कपमा पछिल्लाे चार खेलमा तीन खेल गाेलरहित बराबरीमा सकिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस