स्पेनले कोस्टारिकालाई ७–० गोलको फराकिलो अन्तरले हरायो

फिफा विश्व कप फुटबलमा बेल्जियमले विजयी सुरुआत गरेको छ । कतारको अहमद बिन अलि मैदानमा आज बिहान भएको खेलमा बेल्जियमले क्यानडालाई १–० गोलले हराउँदै सुखद सुरुआत गरेको हो ।
फिफा विश्व कप फुटबलमा स्पेनले कोस्टारिकालाई ७–० गोलको फराकिलो अन्तरले हराउँदै विजयी सुरुआत गरेको छ ।
गएराति भएको खेलमा स्पेनलाई जित दिलाउन फेरान टोरेसले दुई गोल गरे । त्यस्तै डानी ओल्मो, मार्को एसेन्सियो, गाभी, कार्लोस सोलेर र अल्भारो मोरटाले एक/एक गोल गरे । जितसँगै समूह ‘ई’ को स्पेनले पहिलो खेलमा ३ अंक जोडेको छ ।
विश्व कप फुटबलमा एसियाको पावर हाउस मानिएको जापानले उपाधि दाबेदार जर्मनीलाई हराएको छ । खलिफा अन्तर्राष्ट्रिय रङ्गशालामा हिजो भएको खेलमा जापानले जर्मनीलाई २–१ को गोलले हरायो । खेलमा १ गोललेपछि परेको अवस्थामा जापानले पुनरागमन गर्दै २–१ को जित निकालेको हो । यो जितसँगै समूह ‘ई’ मा रहेको जापानले ३ अङ्क जोडेको छ ।
फिफा विश्व कप फुटबल अन्तर्गत हिजो भएको पहिलो खेलमा क्रोएसिया र मोरक्कोले बराबरी खेलेका छन् । कतारको अल वायत रङ्गशालामा भएको खेलमा साविक उपविजेता क्रोएसियाले मोरक्कोसँग गोलरहित बराबरी खेलेको हो । बराबरीसँगै समूह ‘एफ’ मा रहेका दुवै टोलीले एक र एक अङ्क बाँडेका छन् ।