उरुग्वे र दक्षिण काेरियाबीचकाे खेल गाेलरहित बराबरीमा सकियाे
शुक्रबार, मंसिर ०९, २०७९ | ९:३३:५०
फिफा विश्व कप फुटबल अन्तर्गत आज बिहीवार भएकाे तेस्राे खेलमा उरुग्वे र दक्षिण काेरियाले गाेलरहित बराबरी खेलेका छन् । एजुकेशन सिटी रङ्गशालामा भएकाे खेलमा दुवै टाेलीले गाेल गर्न सकेनन् ।
यो विश्व कपमा अहिलेसम्म भएका १४ खेलमध्ये ४ वटा खेल गोलरहित बराबरीमा सकिएका छन् ।
याे बराबरीसँगै समूह ‘एच’ मा रहेका उरुग्वे र दक्षिण काेरियाले १/१ अङ्क बाँडेका छन् । दुवैले १-१ अंक जोडेका छन् । आजै यही समूहको अर्को खेलमा पोर्चुगल र घाना खेल्दैछन् ।