घानालाई ३-२ गाेल अन्तरले हराउँदै पाेर्चुगल विजयी : राेनाल्डाेकाे कीर्तिमान
फिफा विश्वकप २०२२ मा पाेर्चुगलले विजयी सुरुवात गरेकाे छ । घानालाई ३-२ गाेल अन्तरले हराउँदै पाेर्चुगलले जित हात पारेकाे हाे ।
यस्तै पाेर्चुगलका डेब्यु खेलाडी जाेआ फेलिक्स र राफाल लियाेले दुई मिनेटभित्र १/१ गाेल गरे । ७८ मिनेटमा फेलिक्सले र ८० मिनेटमा लियाेले गाेल गरेका थिए । यस्तै, खेलको ७३ औं मिनेटमा घानाका आन्द्रे एयुले र अन्तिम सयमयमा घानाका ओस्मान बुकारीले १/१ गाेल गरेका थिए ।
याे जितसँगै समूह एच को पोर्चुगलले पहिलाे खेलमा तीन अंक जोडेको छ । साथै समूहकाे शीर्ष स्थानमा रहेको छ । यस्तै पुछारमा रहेको घानाले भने हारबाट विश्वकपको सुरुआत गरेको छ ।
राेनाल्डाेकाे कीर्तिमान
याे खेलमा गाेल गरेसँगै राेनाल्डाेले अर्काे विश्व कीर्तिमान बनाएका छन् । उनले लगातार पाँच विश्वकपमा गाेल गर्ने खेलाडीकाे कीर्तिमान बनाएका हुन् । रोनाल्डोले यस अघि २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा गोल गरेका थिए । २००६ राेनाल्डाेकाे पहिलाे विश्वकप थियाे ।