रिकार्लिसनका २ गाेल : सर्बियालाई हराउँदै ब्राजिलकाे विजयी सुरुवात
शुक्रबार, मंसिर ०९, २०७९ | ९:३७:१५
कतारमा जारी फिफा विश्वकप फुटबलमा ब्राजिलले विजयी सुरुवात गरेकाे छ । पाँच पटककाे विश्वकप विजेता ब्राजिलले बिहीबार रातिकाे खेलमा सर्बियालाई २-० गाेल अन्तरले हराउँदै जित हात पारेकाे हाे ।
जितसँगै समूह ‘जी’ को ब्राजिलले पहिलो खेलमै ३ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ भने अंकविहीन सर्बिया पुछारमा रहेको छ ।