सेनेगलले कतारलाई ३–१ गाेलले हरायाे
शनिबार, मंसिर १०, २०७९ | ९:४५:००
फिफा विश्व कप फुटबल अन्तर्गत आज शुक्रवार भएकाे दाेस्राे खेलमा सेनेगलले कतारलाई हराएकाे छ ।
सेनेगलले दाेस्राे हाफकाे तेस्राे मिनेटमै थप गाेल गर्दै २–० काे अग्रता बनायाे । सेनेगलका लागि फामारा देधिउले गाेल गरे । फेरि खेलकाे ७८ औँ मिनेटमा मोहम्मद मुन्टारीले कतारका लागि विश्व कप इतिहासकै पहिलो गोल गर्दै टाेलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर ८४ औँ मिनेटमा बाम्बा डिएङले गाेल गर्दै सेनेगललाई ३–१ काे अन्तरले जिताए ।
याे जितसँगै सेनेगल ३ अङ्कसहित समूह ‘ए’ काे तेस्राे स्थानमा छ । दुवै खेलमा पराजित कतार अङ्कविहीन हुँदै पुछारमा छ ।