नेयमारले विश्व कपमा २ खेल गुमाउने
शनिबार, मंसिर १०, २०७९ | १०:०२:०७
ब्राजिलका स्टार खेलाडी नेयमारले कतारमा भइरहेकाे विश्व कपमा समूह चरणका बाँकी २ खेल गुमाउने भएका छन् ।
सर्बियाका डिफेन्डर निकोला मिलेन्कोभिचको ‘ट्याकल’ का कारण दायाँ खुट्टामा चाेट बाेक्दै नेयमार खेलकाे ८० औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका तस्बिरमा नेयमारकाे दायाँ खुट्टा सुन्निएकाे देखिएकाे छ ।
अब ब्राजिलले ३० वर्षीय नेयमार विना नै समूह चरणकाे २ खेलमा स्विट्जरल्यान्ड र क्यामरुनसँग खेल्नेछ ।