बिहिबार, जेठ ०७, २०८३
फिफा विश्वकप : आज चार खेल हुँदै

कतारमा जारी फिफा विश्वकप फुटबलमा आज बिहीबार चार खेलहरु हुँदैछन् । आज समूह ‘ई’ र समूह ‘एफ’ का दुई /दुई खेलहरु हुनेछन् ।

बेलुकी पौने ९ बजे हुने खेलहरूमा समुह ‘एफ’ मा रहेका क्रोएसिया र मोरक्को तथा क्यानाडा र बेल्जियम भिड्दैछन् । यो समूहमा दुई खेलबाट ४–४ अंक जोडेका क्रोएसिया र मोरक्को शिर्ष दुई स्थानमा रहेका छन् । ३ अंक जोडेको बेल्जियम तेस्रो स्थानमा रहेको छ । पुछारमा रहेको क्यानाडाले अंक जोड्न सकेको छैन ।

आजको खेल जिते बेल्जियम नकआउट चरणमा पुग्नेछ । क्रोएसिया र मोरक्कोबीचको खेलमा विजयी हुने टोली समूह विजेता बन्नेछ ।

यस्तै, आजै राति पौने १ बजे समुह ‘ई’ मा रहेका जापान र स्पेन तथा कोष्टारिका र जर्मनीको भिडन्त हुनेछ । यो समूहमा २ खेलबाट स्पेनले ४ अंक जोडेको छ । जापान र कोस्टारिकाको ३–३ अंक छ भने जर्मनीको १ अंक मात्रै छ ।

यो समूहका सबै चार टोलीको नकआउट चरणमा पुग्ने सम्भावना रहेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय