शाक्यमुनी भगवान बुद्धको मुर्ती पुनः बनेपा
बिहिबार, मंसिर १५, २०७९ | ११:००:३०
काभ्रे । वि.सं. २०३१ सालमा बनेपा नगरपालिका वडा नं ८ को वहि टोलबाट चोरी भएको शाक्युनी भगवान बुद्धको मुर्ती पुनः बनेपा ल्याइएको छ ।
वि.सं.२०३१ सालमा हराएको मुर्ती ४ वर्षपछि त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा फेला परेको थियो । फेला परेपछि छाउनीस्थित राष्ट्रिय संग्राहलयमा सुरक्षीत राखिएको भगवान बुद्धको मुर्ती संग्रहालयका निर्देशक जय राम श्रेष्ठको सहयोगमा पुनः वनेपामा ल्याइएको हो ।
बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्य ,वडा अध्यक्षहरु, पुरातत्व विभागका अधिकृतको रोहबरमा उक्त मुर्ती बहि बह ज्ञानमाला भजन खलमा हस्तान्तरण गरिएको छ ।
बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले नगरको पुरानो मुर्ती फिर्ता लेराउन सहयोग गर्ने राष्ट्रिय संग्राहलयका निर्देशक र पुरातात्व बिभागका अधिकृतलाई धन्यवाद व्यक्त गरे ।