मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा एक पक्राउ
मंगलबार, मंसिर २०, २०७९ | १९:३०:४४
धनुषा । जनकपुर उपमहानगरपालिका-९ संकटमोचन मन्दिर नजिक पार्किङ गरी राखेको अन टेष्ट लेखिएको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा महोत्तरी लोहरपट्टी नगरपालिका-२ मध्येपुर टोल बस्ने १९ वर्षीय शंकर कुमार दासलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जनकपुरधाम र ट्राफिक पोष्ट जनकपुरधामबाट खटिएको प्रहरीले मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा उनलाई फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।