शुक्रबार, जेठ ०८, २०८३
ब्राजिललाई हराउँदै क्राेएसिया विश्वकपकाे सेमिफाइनलमा

ब्राजिललाई पेनाल्टी शुट आउटमा हराउँदै क्राेएसिया विश्व कप फुटबलकाे सेमिफाइनलमा पुगेकाे छ । कतारकाे एजुकेशन सिटी स्टेडियममा भएकाे खेलमा क्राेएसियाले ब्राजिललाई चार–दुई गाेलले हरायाे ।

यसअघि निर्धारित ९० मिनेटमा गाेल हुन नसकेपछि ३० मिनेट थपिएकाे थियाे । थपिएकाे समयमा ब्राजिलका लागि नेयमारले गाेल गरे । तर त्याे अग्रता धेरै बेर टिकेन । क्राेएसियाका लागि ब्रुनाे पेटकाेभिकले गाेल गर्दै खेल एक–एककाे बराबरीमा पुर्‍याए । त्यसपछि खेल पेनाल्टी शुट आउटमा पुगेकाे हाे ।

सिफारिस

ताजा समाचार

लोकप्रिय