काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ मा अहिले लाइभ शो राउण्ड प्रसारण भइरहेको छ । अन्तिम ९ प्रतिस्पर्धी घोषणा हुँदा शुक्रबारको एपिसोडबाट अर्का एक प्रतियोगी बाहिरिएका छन् ।
आज शनिबारको एपिसोडबाट पनि अर्का एक प्रतियोगी बाहिरिनेछन् । शुक्रबार टिम प्रमोद खरेलका आशिष रायमाझी बाहिरिएका छन् । दर्शकको मतको आधारमा कम मत ल्याउने प्रतिस्पर्धी बाहिरिएको जनाइएको छ ।
शनिबारको प्रस्तुतिको अन्तिम समयसम्म दर्शकले भोट गर्न पाउने सुविधा छ । द भ्वाइस अफ नेपाल प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे हिमालय टीभीबाट प्रसारण हुँदै आएको छ । गतसाता भूपेन्द्र रणपाल र वर्षा इटानी बाहिरिएका छन् ।




















