ईप्रका बनेपाले चोरी भएको मोबाईल सम्बन्धित धनिलाई हस्तान्तरण
बिहिबार, पौष ०७, २०७९ | ८:५६:३७

काभ्रे । ईलाका प्रहरी कार्यालय बनेपा, काभ्रेले चोरी भएको मोबाईल फेला पारी सम्बन्धित धनिलाई हस्तान्तरण गरेकाे छ ।
ईलाका प्रहरी कार्यालय बनेपा, काभ्रेले बनेपा नगरपालिका- ९ बस्ने रोजिना थापा र वडा नम्बर ५ बस्ने कुमुदा बैद्यलाई चोरी भएको मोबाईल फेला पारी हस्तान्तरण गरेकाे हाे ।
थापा र बैद्यले मोबाईल हराएको भनि ईलाका प्रहरी कार्यालय बनेपा, काभ्रेमा निवेदन दिएको र साे पश्चात् खोज तलास गरी फेला पारी प्रहरीले उक्त माेबाईल सम्बन्धित मोबाईल धनिलाई हस्तान्तरण गरेकाे जनाएकाे छ ।