पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्ध हुने भएका छन्।
साउदीको क्लब अल नसरले रोनाल्डोलाई वार्षिक कीर्तिमानी मूल्यमा अनुबन्ध गर्न लागेको हो।
अनुबन्धको बारेमा छलफल गर्न रोनाल्डो साउदी अरेबियाको राजधानी रियाद पुगिसकेका छन्।अनुबन्ध भए रोनाल्डोले जनवरी १ देखि साउदी क्लब अल नासरबाट खेल्नेछन्।





















