“फूलकमल” सार्वजनिक (भिडियो सहित)

काभ्रे । चर्चित गायक किरण गौतम र गायिका सिर्जना श्रेष्ठको सुमधुर आवाज रहेको गित “फूलकमल” सार्वजनिक भएको छ ।

पछिल्लो समय चर्चित गितहरु दर्शक श्रोताहरु माझ दिदै आएका गायक किरण गौतमको यस गित पृथक दोहोरी गित हो । “फूलकमल” गितले निकै र्चचा पाउनेमा गौतम विश्वस्थ हुनुहुन्छ ।

गितमा किरण गौतम र  प्रतिभा शाली गायिका सिर्जना श्रेष्ठको सुमधुर आवाज रहेको छ । उक्त गीत संञ्चार क्षेत्रमा र धेरै जस्तो Tiktok मा गुन्जि रहेको छ । यस्तै दिन प्रति दिन  दर्शक श्रोताको रोजाइमा पर्दै गीतले आफ्नो चर्चा कमाउदै गएको देखिन्छ । गौतमको मिठो शब्द सिर्जना तथा मनै लोभिले म्युजिक रहेको गीतको म्युजिक एरेन्ज भने बिष्णु तामाङले गरेका छन् ।

सार्वजनिक उक्त गीतमा निरेन श्रेष्ठ,अस्मिता रानपाल, राधिका खुलाल, राजकुमार श्रेष्ठ लगायत अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ भने  निरेन श्रेष्ठ को म्युजिक भिडियो निर्देशन र नितिन वाईवाले कोरियोग्राफी गरेको म्युजिक भिडियो Kiran Gautam नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

भिडियो हेर्नुहोस् :- 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस