हेटौंडा । प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिपक थापाले बागमती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।
गृह मन्त्रीस्तरको गत पुस २९ गतेको निर्णयानुसार नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्साल, काठमाडौंबाट डीआईजी थापाको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा सरुवा भएको थियो ।

पदभार ग्रहण पश्चात प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले बागमती प्रदेश प्रहरीको अवस्था तथा समग्र कार्यसंचालन बारेमा संक्षिप्त प्रस्तुतीकरण दिएका थिए ।
प्रदेश प्रहरी प्रमुख डीआईजी थापाले तस्करी नियन्त्रण गर्ने, पिडितलाई प्राथमिकतामा राखी प्रदेशको शान्ति सुरक्षा कायम गर्ने, वस्तुनिष्ट अपराध अनुसन्धान गर्ने, विगतदेखि पेण्डिङमा रहेका मुद्धाहरुको अनुसन्धान गर्ने, फरार अपराधी पक्राउ गर्ने, प्रहरी कर्मचारीको मनोवलमा बृद्धि गरी कार्यमा लगाउन उत्प्रेरणाका क्रियाकलाप संचालन गर्ने लगायतको विषयहरु आफ्नो प्रमुख प्राथमिकताका क्षेत्रहरु भएको हुँदा सोही अनुसार कार्यसम्पादन गर्न गराउन हुन कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिएका छन् ।



















