काभ्रेको बनेपामा श्रीमानसँग मिलेर सौताको छोराकाे हत्या

काभ्रे । श्रीमानसँग मिलेर सौताको छोरा मार्नेलाई ईलाका प्रहरी कार्यलय बनेपाले पक्राउ गरेकोे छ । जिल्लाको बनेपा नगरपालिका-१, टुकुचा ईटा भट्टामा ३ वर्षीय बालकको मृत्यु भएको घटनामा सौतेनी आमाको प्रत्यक्ष संलग्नता रहेको खुलेको हो ।

ईटा भट्टामा काम गर्दै आएका दाङ जिल्ला घोराही उपमहनगरपालिका वडा नम्बर १९ बस्ने तिलक राम बुढा र उनकी कान्छी श्रीमती मिलेर ३ बर्षीय छोराको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत माघ १३ गते विहान ३ वर्षीय बालक मृत अवश्थामा फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

तिलक रामकी कान्छी श्रीमती ३० वर्षीय उर्मीला बुढाले श्रीमान ररर आफुले मिलेर सौतेनी छोराको हत्या गरेको स्वीकार गरेकि छन् । प्रहरीले तिलक र उर्मीलालाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालत काभ्रेपलाञ्चोक वाट ७ दिनको म्याद थपेर अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस