काभ्रे । जिल्लाको बेथानचोक गाउँपालिका –४, डाडागाउँका वीरबहादुर श्रेष्ठले लौरो निःशुल्क बाढेका छन । श्रेष्ठलाई अहिले लौरोबाजे भनेरपनी चिनिन्न थालएका छन । उनले ३० वर्षमा चार हजार पाँच सय जनालाई निःशुल्क लौरो वितरण गरिसकेका छन । आफ्नी आमा ढोडको लौरो टेक्दै मामाघर गएको देखेपछि उनले आमाका लागि लौरो बनाउन सुरु गरेका थिए ।
उनले आफ्नो आमा माइत जाँदा ढोडको लौरो टेकेको देखेर लौरो बनाउन थालेको कथा सुनाउँदै उनले भने, “आमाले लौरो उपहार दिनु जस्तो ठूलो उपकार केही नहुने भनेपछी अरूका लागि पनि लौरो बनाउन थालेँ ।”
लौरो बनाउन सजिलो छैन । निश्चित आकारका बुट्यान चाहिन्छ । वनबाट घर ल्याएर मेसिनको सहायताले काट्ने र चिल्लो बनाउन समय लाग्ने गर्छ । लौरो समाउने बिँड हाल्न समय लाग्ने गरेको छ । पहिला लौरो बनाउने काठ सजिलै फेला पथ्र्याे । उनले अब काठ पाउन निक्कै मुस्किल पर्न थालेको सुनाए । जेनतेन काठ खोजेर लौरो बनाउँदै आएको छु ।
लौरो पाएपछि ज्येष्ठ नागरिकले दिने आसिकले हौसला मिलेको छ उनले भने, “घरमा लौरो किन बाँड्नु प-यो पनि भन्छन् तर मनले मान्दैन ।” दुई हजारभन्दा धेरै लौरो वितरण गरेर मानवीय काम गरेको भन्दै उनलाई पहिलो पटक बनेपामा रहेको बुडोल सामुदायिक साकोसले सम्मान गरेको थियो । उनले लौरो चाहिएकालाई लौरो दिन पाउँदा खुसी मिल्ने गरेको अनुभव सुनाउँदै आफूले बनाएको लौरो विदेशसम्म पुगोस् भन्ने चाहना राखेका छन ।



















