प्रहरीका डीआईजी अशोक सिंहले दिए राजीनामा
बुधबार, फाल्गुण १०, २०७९ | १६:१७:०८

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका सिंहले आफ्नो नागरिकताअनुसार यसअघि नै अवकाश पाइसक्नुपर्ने विवरण सार्वजनिक भएपछि बर्खास्तीमा पर्ने अवस्था आएपछि त्यसअघि नै राजीनामा दिएका हुन् । बुधबार नेपाल प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा दिएका हुन् ।

उनको राजीनामा पत्र आज नै गृह मन्त्रालय पठाउने तयारी रहेको नेपाल प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ ।
नागरिकता र शैक्षिक प्रमाणपत्रको विषयमा सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत बुधबार उजुरी परेकाे थियाे ।