आइतबार, बैशाख ०६, २०८३
एकवर्ष वर्ष नपुग्दै टुट्यो वर्षाको वैवाहिक सम्बन्ध, आशिषले गरे दाेस्राे विवाह

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी र आशिष गेलालबीचको वैवाहिक सम्बन्ध एक वर्ष नपुग्दै टुटेको छ । अमेरिका बस्दै आएका आशिषसँग वर्षाले गत वैशाख ९ गते विबाह गरेकी थिइन् । छोटो समयको प्रेमपछि विबाह गरेका उनीहरु एकअर्कासँगको असमझदारीका कारण १० महिनामै अलग भएका हुन् ।

विवाहपछि वर्षा अमेरिका पुगेकी थिइन् । डेढ महिना अमेरिका बसेर फर्केपछि उनले श्रीमानसँगका सबै तस्विरहरु सामाजिक सञ्जालबाट हटाइन् र दुवैले एकअर्कालाई अनफलो गरेपछि यी दुईबीचको सम्बन्ध विग्रिएको अनुमान गरिएको थियो ।

यद्यपि, वर्षा यसबारेमा मौनता साँधेर बसेकी छन् । आशिषले सोमबार झापाकी एक युवतीसँग दोस्रो बिहे गरेको सुन्नमा आएको छ ।

अमेरिका बसाईको क्रममा वर्षा र आशिषको एकअर्कासँग चिनजान भएको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय