सुनको मूल्य १२ सय रुपैयाँले बढ्यो
बिहिबार, चैत्र ०९, २०७९ | ५:५५:१४

काठमाडौं । साताको पाँचौ दिन बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ७ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १२ रूपैयाँले बढेर एक लाख ९ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख ८ हजार ५ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि बिहीबार २५ रूपैयाँले बढेर १ हजार ३६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।