आईजीको प्रतिस्पर्धामा पहिलो पटक महिला

काठमाडौं । नेपाल प्रहरीको नयाँ नेतृत्वको प्रतिस्पर्धामा इतिहासमा नै पहिलो पटक महिलाको सहभागीता निश्चित भएको छ । प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) पदमा बुधबार मात्र फूली लगाएकी किरण बज्राचार्य प्रहरी महानिरिक्षक (आईजी)मा चार जनासँग प्रतिस्पर्धामा छिन्।
बज्राचार्यका ब्याची बसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा र श्यामलाल ज्ञवाली पनि प्रतिस्पर्धामा छन्। ज्ञवालीको नागरिकता विवादको विषयमा अख्तियारले गृह मन्त्रालयलाई छानबिनका लागि पत्र काटेका कारण उनको आईजी हुने सम्भावना कम रहेको छ।
आईजीका लागि बज्राचार्यसहित कुँवर, राई र थापा प्रतिस्पर्धामा छन्। ‘नेपाल प्रहरीको इतिहासमा नै संगठन प्रमुखका लागि महिला पुग्नु खुसीको विषय हो, संगठन नै हाँक्न सक्ने क्षमता हुन्छ महिलामा भन्ने प्रमाण दिन सके अझ राम्रो’, महिला अधिकारकर्मी भन्छन्।
आईजी धिरजप्रताप सिंहले बढुवा भएका ५ जना एआईजीलाई फूली लगाइ दिएका थिए। सो क्रममा यहि ब्याचबाट नै संगठन प्रमुख बन्ने भएका कारण प्रहरीको मनोबललाई बलियो बनाउनेलगायतका काममा ध्यान दिन सिंहले सुझाव दिएका थिए।