आईजी सिंहसँगै ९ जना अधिकृत अनिवार्य अवकाशमा

काठमाडौं । नेपाल प्रहरीका नौं जना वरिष्ठ प्रहरी अधिकृतले शुक्रबार (आज) बाट अवकाश पाउँदैछन् । प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहसहित उनका ब्याचका ९ वरिष्ठ अधिकारीले ३० वर्षे सेवा हदका कारण अवकाश पाउन लागेका हुन् ।

उनीहरुलाई एक महिना अघि नै प्रहरी किताबखानाले अवकाशको पत्र थमाइसकेको छ । आईजीपी सिंहसहित अधिकृतहरुको विदाइका लागि शुक्रबार साँझ ५ बजे प्रहरी प्रधान कार्यालय, नक्सालमा विदाइ कार्यक्रम राखिएको छ ।

आईजीपी सिंहसँगै एआईजी सहकुलबहादुर थापा, उत्तमराज सवेदी र दिवेश लोहोनी अवकाशमा जाँदैछन् । त्यस्तै, डीआईजी नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ पनि अवकाशमा जाँदैछन् ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसएसपी) उमाशंकर पञ्जियार र जनकराज पाण्डे पनि शुक्रबारबाट अवकाशमा जानेछन् । आईजीपी सिंहको टोली २०४९ चैतमा इन्स्पेक्टरबाट सेवा प्रवेश गरेको थियो ।

तीन दिनअघि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका वसन्तबहादुर कुँवरलाई सरकारले ३० औं प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस