शनिबार, मंसिर २७, २०८२
पाँचखालमा विषादी प्रयोग उल्लेख्य रुपमा घटेको तथ्याङ्क सार्वजनिक

काभ्रे । पाँचखालको तरकारीमा विषादी न्युन हुदै गएको छ । पाँचखाल नगरपालिकालाई विषादी मुक्त गरी कृषि उत्पादन वृद्धि गर्ने अभियान अंतरगत लवग्रीन नेपाल र पाँचखाल नगरपालिकाले केही वर्ष अघि सुरु गरेको वातावरण कृषि विकास परियोजनाले कीटनाशक र ढुसीनाशक विषादी प्रयोगमा कमी आएको विबरण सार्वजनिक गरेको हो ।

‘२०७४ साल भाद्र महिनामा सुरु भएको वातावरण मैत्री एकीकृत दिगो कृषि विकास परियोजनाको हाल सम्मको अवधिमा कीटनाशक विषादी, ढुसीनाशक विषादी, रासायनिक मल, फस्फोरस र पोटास आदिको प्रयोग उल्लेख्य रुपमा घटेको परियोजनाका कार्यकारी निर्देशक नारायण ज्ञवालीले बताए ।

खाद्य प्रविधि प्रयोगशालाले विषादीको ४५ वटा यन्त्र मार्फत विश्लेषण गर्दा ८५ प्रतिशत नमुनामा कुनै पनि विषादी नपाइएको र १५ प्रतिशतमा तोकिएको मापदण्ड भन्दा कम विषादी प्रयोग गरीएको ज्ञवालीले बताए । गत वैशाखमा आलु, बकुल्ला, रायो साग, बन्दा, गाजर, रातो बन्दा, गोलभेँडा, मूला, भेडे खुर्सानीको परीक्षण गरीएको थियो भने गत जेठमा धनियाँ, काउली, रातो बन्दा, मूला, रायो, ब्रोकाउलीमा प्रयोग भएको विषादी परीक्षण गरिएको थियो ।

 

परीक्षण भएका २० वटा तरकारीमा बोडीमा विषादीको प्रयोग गरेको देखिए पनि ३५ प्रतिशत भन्दा कम भएकाले खान योग्य भएको प्रमाणपत्र उपलब्ध गराइएको थियो । विषादीको मात्र ३५ प्रतिशतसम्म भए खान योग्य, ३५ देखि ४५ प्रतिशतसम्म भए केही समय राखेर खान हुने र ४५ प्रतिशत भन्दा माथि भएमा खान अयोग्य हुने कृषि विभाग केन्द्रीय कृषि, कृषि ज्ञान केन्द्र, तथा खाद्य प्रविधि प्रयोगशालाले प्रमाणित गरेको छ ।

पाँचखालमा उत्पादन भएका अधिकांश तरकारीमा प्रयोग भएको विषादीको मात्र २ प्रतिशत देखि १९ प्रतिशतसम्म रहेको छ । बन्दामा २.५ प्रतिशत र लोकल बोडीमा १८ प्रतिशत विषादी प्रयोग गरिएको पाईएको छ । तुने बोडीमा २७.५ प्रतिशत देखिएको छ । पाँच वर्षका अवधिमा कृषकहरुले औषत प्रति रोपनी वार्षिक ८६ एम.एल कीटनाशक विषादी प्रयोग गर्ने गरेकोमा अहिले ६ .५ एम एल मात्रै प्रयोग गर्ने गरेका छन् भने ढुसीनाशक विषादी औषत प्रति रोपनी वार्षिक १.०८ केजी प्रयोग गर्ने गरेकोमा ०.२२३ केजी मात्रै प्रयोग गर्न थालेका छन् ।

उत्पादीत जमीनमा रासायनिक मल प्रति रोपनी युरिया २०.५ केजी प्रयोग गर्ने गरेकोमा अहिले ९.८ प्रति केजी प्रयोग गर्ने गरेको पाईएको छ । फस्फोरस औसत प्रति रोपनी प्रति केजी ३५.२ केजी प्रयोग हुने गरेकोमा हाल १४.४ केजी, पोटास ५.९ केजी प्रयोग हुने गरेकोमा ३.५ केजी प्रयोग हुने गरेको छ ।

यसको विकल्पका रुपमा परियोजनाले कृषकहरुले पशु मूत्रको प्रयोगमा उल्लेख्य वृद्धि गरी विगतमा प्रति रोपनी जग्गामा औसत १.५ लिटर प्रयोग हुने गरेकोमा अहिले ३३.१ लिटर पशु मूत्र प्रयोग गर्ने गरेको पाईएकाृ छ । परियोजना लागु भएका कुनै पनि घरधुरीले रातो लेबलको विषादी प्रयोग गर्दैनन् तर अन्तिम अवस्थामा बाली जोगाउनका लागि प्रयोग गर्नुपर्ने अवस्था आएमा निलो र हरियो लेबलको विषादीलाई प्रयोग गरेका छन् ।

त्यस्तै कृषकहरूले पशु वस्तुलाई सुविधायुक्त बसोबासका लागि भकारो सुधार र पशुपालन व्यवस्थापनमा ध्यान दिएका छन् । पहिले २९ घरधुरीले भकारो सुधार गरेकोमा अहिले १ सय ९१ घरधुरीले भकारो सुधार गरी पशुहरुलाई रोग लाग्नबाट जोगाई मृत्यु दरमा सुधार गरेका छन् । वार्षिक औसत ३.९ बाट झरेर १.३ वटा पशु वस्तुको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय