सोमबार, आषाढ ०१, २०८३
शम्भुलालको नेतृत्वमा पत्रकार राष्ट्रिय दवू काभ्रे

काभ्रे । नेवा पत्रकार राष्ट्रिय दवू काभ्रेको पाँचौँ अधिवेशन नेवा पत्रकार राष्ट्रिय दवूका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र भक्त श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।

अधिवेशनले सम्भुलाल श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवगठित कार्यसमितिको उपाध्यक्षमा प्रकाश कायस्थ, सचिवमा दिलीप श्रेष्ठ, कोषाध्यक्षमा राज्यलक्ष्मी श्रेष्ठ, सहसचिवद्वय ध्रुबकृष्ण ताम्राकार र विपस्यना साक्य तथा सदस्यमा बिकुनारायण ताम्राकार र रामलाल मानन्धर चयन भएका छन्।

त्यसैगरी, अधिवेशनले केन्द्रीय पार्षदमा साहित्यकार तथा साहित्यिक पत्रकार सूर्यप्रसाद लाकोजू र मोहन दुवाललाई चयन गरेको छ। त्यस्तै विश्वनाथ ताम्राकार र पुनमाया कर्माचार्य प्रदेश पार्षद चयन भएका छन ।

अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि सुरेन्द्र भक्त श्रेष्ठसहित नेवा पत्रकार राष्ट्रिय दवूका केन्द्रीय सचिव के.के. मानन्धर, सूर्यप्रसाद लाकोजू, मोहन दुवाल, सुरज बज्राचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले पत्रकारिताको व्यावसायिक विकास, नेवा समुदायको भाषा, कला, संस्कृति तथा सम्पदाको संरक्षण र प्रवर्द्धनमा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गरेका थिए।

नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सहभागीहरूले संगठनलाई अझ सशक्त र सक्रिय बनाउने विश्वास व्यक्त गरेका थिए। अधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय