प्रधानमन्त्रीसँग भेटाउन मिटर ब्याज पीडितको आग्रह

काठमाण्डौ । मिटरब्याजी पीडितहरुले बिहानै देखि विरोध प्रदर्शन सुरु गरेका छन् । उनीहरुले काठमाण्डौको टङ्गालमा विरोध प्रदर्शन सुरु गरेका हुन ।

खुलामञ्चबाट उनीहरु हिँड्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जाने क्रममा टङ्गालमा विरोध प्रदर्शन गरेका हुन् । धर्नास्थल टङ्गालमा पुगेका गृह सचिव विनोदप्रकाश सिंहले आन्दोलन र धर्नाको कार्यक्रम तत्काल स्थगन गर्न आग्रह गरेका छन ।

पीडितलाई न्याय दिलाउन सरकारले कानुनी पहल गरिरहेको पनि आश्वासन दिएका सङ्घर्ष समितिका संयोजक मनोज पासवानले बताए । आफूहरुले गृह सचिवसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर पीडा सुनाउन चाहेको र त्यसका लागि पहल गर्न अनुरोध गरेको पनि पासवानले बताएका छन ।

यस्तै, टङ्गालमा मिटरब्याज पीडितलाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड दिएका छन । पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका लामिछानेले आफू सरकारमा हुँदा मिटरब्याजको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम थालेको र यसलाई समाधान गर्न समस्या नरहेको बताएका छन ।

सरकारले आर्थिक अवस्था कमजोर भएकाहरुलाई पहिलो प्राथमिकतामा नराखेसम्म समस्याको समाधान हुन नसक्ने पनि उनले बताए । सरकारलाई आफ्ना माग सुनाउन महोत्तरीको बर्दिवासदेखि ११ दिन पैदलयात्रा गरेर काठमाण्डौ आएका मिटरब्याज पीडितहरूले गएराति खुलामञ्च अगाडि रात कटाएका थिए । सरकारले पहिले आफूसँग गरेका सम्झौताको पूर्ण कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस