१७ करोडको कोकिनसहित दुई भारतीय महिला पक्राउ

काठमाडौं । झण्डै ८ किलोग्राम कोकिनसहित दुई भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले काठमाडौंबाट नयाँदिल्ली जान लागेकी भल्लालामीलाई १४ चैतमा पक्राउ गरेको छ । उनको साथबाट २ किलो ८८७ ग्राम कोकिन बरामद गरेको छ ।

त्यस्तै १४ चैतमै भारतीय नागरिक इस्टर लालिम्पुरीलाई ठमेलको एक होटलबाट ५ किलो कोकिनसहित पक्राउ गरेको ब्यूरोका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए ।

उनीहरु दुबै जनाबाट बरामद भएको कोकिनको मूल्य १७ करोड, ३ लाख ५९ हजार २०० रुपैयाँ रहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस