काभ्रे । जिल्लाको बेथानचोक गाँउपालीका वडा नम्बर ४ मा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ ।
नेपाल रेडक्रस सोसाइटी चलाल उपशाखा,बेथानचोक नारीचेतना बचत तथा ऋण सहकारी , बेथानचोक जेसिस र नेफ्स्कुन को संयुक्त आयोजना मा खुल्ला रक्तदान कार्यक्रम हुने भएको हो । २०७९ चैत १९ गते बेथानचोक गाँउपालीका ४ को रेडक्रस भवनको कार्यालयमा रक्तदान कार्यक्रम हुने आयोजकले जनाएको छ ।
रक्तदान जिवनदान भन्ने मुल आसयको साथ खुल्ला रक्तदान जस्तो पबित्र कार्यमा सहभागी भएर रक्तदान गर्न पनि हार्दिक अनुरोध आयोजक संघ संस्थाले अनुरोध गरेको छ ।



















