प्रकाशकीय : सही र सत्यका पक्षमा जहिले बेथानचोक खबर

बेथानचोक खबर डटकम पाँच बर्ष पुरा गरी छैठौ बर्षमा प्रबेश गरेको छ । हाम्रो जस्तो ढिलो गरी खुलापन सुरु भएको निजी क्षेत्रको व्यावसायिक सञ्चार संस्था निरन्तर ६ वर्ष अग्रणी भूमिकामा रहनु आफैंमा एउटा उपलब्धि हो । यसका पछाडि बेथानचोक खबर डटकममा विभिन्न कालखण्डमा विभिन्न भूमिकामा जोडिएका सबै सहकर्मी साथीहरूको अथक परिश्रम त छँदै छ, सँगै यो सफलता समाजका अनेक क्षेत्रको फराकिलो साथ र समर्थनको नतिजा पनि हो ।

निजी क्षेत्रबाट दिगो सञ्चार उद्योग चलाउने र व्यावसायिक पत्रकारिताको संस्थागत जग बसाल्ने हाम्रो संकल्प सामूहिक प्रयत्नबाट मात्र सम्भव भएको तथ्य हामी यो अवसरमा पुनःस्मरण गर्न चाहन्छौं । यस क्रममा महत्त्वपूर्ण योगदान पुर्‍याउनु हुने श्रद्धेय पाठक, सिर्जनशील पत्रकार, लगनशील कर्मचारी, उत्साही विक्रेता/वितरक, सहयोगी विज्ञापनदाता/एजेन्सीलगायत सबै शुभेच्छुकमा हार्दिक आभार प्रकट गर्दछौं ।

अहिले भ्रामक सूचना, मिथ्या समाचार र नियोजित प्रचारबाजीको जगमा लोकरिझ्याइँको राजनीति गर्ने परिपाटी मौलाइरहेको छ । यसका छिटपुट बाछिटा हाम्रो मुलुकमा पनि देखिन थालेका छन् । यो अवस्थामा कुनै पनि व्यावसायिक मिडिया विश्वसनीय समाचार र सर्वपक्षीय विचारको आफ्नो कर्तव्यबाट डग्मगाउनु हुन्न । सही र सत्यका पक्षमा उभिने हाम्रो प्रतिबद्ता छ, न यसमा कुनै किसिमको सम्झौता गर्नेछौं ।

सुस्ताएको नेपाली अर्थतन्त्र अझै जुर्मुराउन सकेको छैन । यसको चौतर्फी असरबाट हामी पनि पक्कै मुक्त छैनौं । तर प्रतिकूलताको कालो बादलमा पनि चाँदीको घेरा देख्ने, नियाल्ने र अगाडि बढ्ने हाम्रो विशेषता नै हो । विगत तीन दशकमा अनेक उतारचढाव चिर्दै आएको हाम्रो आत्मविश्वासले पनि उज्यालो भविष्य नै देखिरहेको छ । निश्चय पनि मुलुक सानातिना धक्काधक्की खाँदै अन्ततः विकास, प्रगति र समृद्धिको पथमा लम्कनेमा हाम्रो दृढ विश्वास छ ।

बेथानचोक खबर डटकमको छैठौ वार्षिकोत्सवका अवसरमा यहाँहरू सबैलाई हामी खुसी र शुभकामना बाँड्न चाहन्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस