बेथानचोकमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
आइतबार, चैत्र १९, २०७९ | १३:३२:५७
बेथानचोक । जिल्लाको बेथानचोक गाउँपालिका वडा न. ४ मा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेड्क्रस सोसाइटी, चलाल गणेशस्थान उपशाखा, बेथानचोक नारी चेतना बचत तथा ऋण सहकारी सस्था र बेथानचोक जेसिस को संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
उक्त खुल्ला रक्तदान कार्यक्रममा बेथानचोक गाँउ पालीका वडा नम्बर ४ का विभिन्न पेशामा आवद्ध व्यक्तित्व र स्थानीय गरि २५ जनाले उल्लेख्य रुपमा सहभागि भई रक्तदान गरेका थिए ।
स्वस्फूर्त रुपमा सहभागी भएर रक्तदान गर्ने दाता हरु लाई आयोजक संघसंस्थाले प्रमाणपत्र मार्फत सम्मान गर्दै धन्यवाद ज्ञापन गरि खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो ।