स्व. आमा चन्द्रदेबीको पूण्यतिथिमा समाजसेवी अनिलाद्धारा नगद सहयोग

काभ्रे । जिल्लाको बनेपा नगरपालिका वडा नं. ७ की समाजसेवी अनिला कायस्थद्वारा स्वर्गीय आमा चन्द्रदेवी कायस्थाको छैठौँ पूण्य तिथिको अवसर पारेर श्री माई चण्डेश्वरी टोल सुधारसमितिलाई पचास हजार एक सय एक रुपिया सहयोग गरेकी छिन् ।
बनेपा नगरपालिका वडा नं. ६ मा अवस्थित चण्डेश्वरी मन्दिरमा आएका भक्तजनहरूका लागि बिश्राम बनाउनको लागि आर्थिक सहयोग गरेका हुन् । मन्दिरको प्रांगणमा आएका भक्तजनहरू बस्नको लागि फलामको कुर्सी व्यवस्थाका लागि अर्थिक सहयोग गरेका हुन् ।
मन्दिरमा पुगेका भक्तजनहरू र मर्निङवाल्कमा पुगेका भक्तजन तथा मानिसहरूलाई बिश्रामको लागि कुर्सि राख्नको लागि आर्थिक सहयोग गरेको समाजसेवी अनिला कायस्थले बताए । आमाको छैठौँ पुण्य तिथिमा आमाको आत्माले आशिर्वाद प्राप्त होस भन्ने हेतुले सहयोग गरेको कायस्थको भनाई छ ।
टोल सुधास समितिका कोषाध्यक्ष श्यामकुमार सेवाचार्यलाई नगद हस्तान्तरण गरेको हो । उक्त सहयोग प्राप्त रकमलाई तत्काले फलामको कुर्सी तयार गरेर मन्दिर परिसरमा राख्ने सेवाचार्यले बताए । एक हप्तामा कुर्सी मन्दिर परिसरमा राख्ने उनको भनाई छ । सेवाचार्यले आर्थिक सहयोग गरेकोमा कायस्थपरिवारलाई धन्यवाद व्यक्त गर्दै स्वर्गीय चन्द्रदेवी कायस्थप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरे ।
उक्त सहयोग रकम हस्तान्तरण कार्यक्रममा समाजसेवी तथा नेता सबरकुमार प्रजापतिको पनि उपस्थिती रहेका थिए ।