नवनियुक्त दुई मन्त्रीले लिए शपथ
आइतबार, चैत्र २६, २०७९ | १४:२९:०६
काठमाडौँ । बागमती प्रदेश सरकारमा दुई मन्त्री नियुक्त भएका छन्।
मुख्यमन्त्री शालिकराम जमकट्टेलले कांग्रेस संसदीय दलका नेतासमेत रहेका बहादुरसिंह लामालाई आर्थिक मामिला तथा योजना मन्त्री र कांग्रेसकै तिर्थबहादुर लामालाई खानेपानी उर्जा तथा सिंचाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
उनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका हुन्
आज नियुक्त भएका मन्त्रीहरुले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रीद्वयलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ खुवाएका हुन्।