काभ्रे । जिल्लाको पनौती नगरपालिका वडा नम्बर ११ बल्थलीमा आफ्नै छोराले आमाको हत्या गरेका छन् ।
छोराले आफ्नै आमा कान्छी थापालाई खुर्पा प्रहार गरेर हत्या गरेको प्रहरीले जानकारी दिए ।
छोराले धारिलो हतियार प्रहार गर्दा आमाको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय, बनेपा काभ्रेका प्रमुख डिएसपी रेशम बोहोराले जानकारी दिए । डिएसपीका अनुसार छोराले मानसिक रोगको औषधि खाइरहेका बताए ।
आमाको शवलाई धुलिखेल अस्पतालमा पोष्टमार्टम गरेर आफन्त बुझाएको प्रहरीले बताए भने हत्या गर्ने छोरालाई नियन्त्रणमा लिएको जानकारी दिए ।



















