सोमबार, बैशाख ०७, २०८३
सेती प्रादेशिक अस्पतालमा कारोना संक्रमित महिलाको मृत्यु

काठमाण्डौँ ।  सुदूरपश्चिम  सेती प्रादेशिक अस्पताल धनगढीमा आइसीयू  सघन उपचारकक्ष मा उपचाररत कञ्चनपुरकी कोरोना भाइरस सङ्क्रमित ७३ वर्षीय एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

झन्डै एक वर्षयता कोरोनाका कारण हुने मृत्युदर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले मुटुरोगले समस्या महिलाको पिसिआर पद्धतिबाट गरिएको नमूना परीक्षणमा नतिजा ‘पोजेटिभ’ आएपछि छ दिनअघि अस्पतालको कोभिड वार्डको आइसीयूमा भर्ना गरिएको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय