बुधबार, बैशाख १६, २०८३
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन आईओसी ले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेलको मूल्यमा वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ ।

आईओसीले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ३३ पैसा र डिजेल प्रतिलिटर एक रुपैयाँले बढेर आएको हो ।

यसअघि २० चैतमा मूल्य घटाउँदा पनि १५ दिनको प्रक्षेपित नाफा ८० करोड रहेकोमा मूल्य बढेसँगै प्रक्षेपित नाफा घटेको छ । २० चैतमा निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएर १७५ लाखमा झारेको थियो । यस्तै डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेर १६५ रुपैयाँ कायम गरेको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय