चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

झापा । चोरी मुद्दाका फरार प्रतिवादी बिर्तामोड नगरपालिका-१ बस्ने २१ वर्षीय महमद ईवरान सेखलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत झापाको २०७८ पुस २२ गतेको फैसलाले चोरी मुद्दामा २ महिना ५ दिन कैद र ३ हजार रूपैयाँ जरीवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले बिर्तामोड नगरपलिका-१ अतिथि सदन छेउबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय