काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले वृद्धि भएको छ ।
महासंघका अनुसार मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ९ हजार ५ सय र तेजावी सुनको मूल्य १ लाख ९ हजार रुपैयाँ तोकिएको छ ।
सोमबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ९ हजार १ सय र तेजावी सुनको मूल्य १ लाख ८ हजार ६ सय रुपैयाँ तोकिएको छ ।



















