रेडियो कुन जिल्लामा कती प्रतिशत प्रयोग गर्छन् ? हेर्नुहोस्

सन् १८९५ मा इटालियन वैज्ञानिक जि. मार्कोनीले विद्दुतीय तारबिना आवाज सम्प्रेषण गर्न सफल भएपछि विश्वमा रेडियोको अविष्कार भएको हो । यस रेडियो प्रविधीलाई वायरलेस अथात् बेतार भन्ने गरिन्थ्यो । सन् १९०१ मा माकोर्नीले रेडियो सङ्केतलाई आन्ध्र महासागर वारपार २१०० माइल टाढासम्म सुन्ने बनाएपछि रेडियो प्रविधि विश्वमा फैलिएको हो। विश्वमा औपचारिक रूपमा रेडियो प्रसारण अमेरिकाको पेन्सलभेनिया सहरबाट सन् १९२० मा भएको थियो।

रेडियो प्रसारणसम्बन्धि विद्युत-चुम्बकीय तरङ्गको सिद्धान्त सन् १८६० मा प्रतिपादन भएतापनि सन् १९१९ मा मात्र रेडियो प्रसारण सुरु भएको हो। अक्टोबर सन् १९१९ मा अमेरिकाको पिट्सवर्ग शहरमा वेस्टिङहाउस कम्पनीले पहिलो व्यावारिक रेडियो खोलेको हो। सन् १९२०को दशकमा अमेरिका र बेलायतमा रेडियो प्रसारणले गति लियो।

यसैक्रममा सन् १९२२ मा ब्रिटिस ब्रोडकास्टिङ कम्पनीको स्थापना भयो जुन सन् १९२७ मा आएर ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसनमा परिणत भयो। नेपालमा अप्रिल सन् १९५० (२० चैत्र २००७) देखि काठमाडौमा औपचारिक रूपमा सरकारी स्तरबाट प्रजातन्त्र नेपाल रेडियो खुलेको हो। यसै रेडियोलाई पछि रेडियो नेपाल नामाकरण गरिएको हो।

नेपालमा सरकारी स्तरबाट प्रसारण थालिएको झण्डै ५० वर्षपछि गैर सरकारी क्षेत्रमा एफएम प्रविधिको प्रयोग गरी रेडियो प्रसारण गर्नका लागि इजाजत दिने काम सुरु भयो। विस २०५४ मा स्थापित रेडियो सगरमाथा दक्षिण एसियाकै पहिलो गैर सरकारी रेडियो स्टेशन हो ।

तालिक हेर्नुहोस् :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस