आजको कार्यसूचीमा पनि परेन संवैधानिक परिषद् सम्बन्धी विधेयक

काठमाडौँ । संवैधानिक परिषद् सबन्धी विधेयकमाथि आज पनि छलफल नहुने भएको छ ।

प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा आज सो विधेयक समावेश नभए पछि छलफलै नहुने भएको हो ।

यसअघिको बैठकमा सो विधेयकमाथि छलफल गर्ने भनेर सम्भावित कार्यसूचीमा समावेश गरिए पनि अन्तिम समयमा हटाइएको थियो । अघिल्लो बैठकमा कार्यसूचीबाट हटाइएको सो विधेयक आज आउने अपेक्षा गरिएको थियो ।

सो विधेयक पारित हुन नसक्दा सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्त हुने बाटो खुल्न सकेको छैन। कायममुकायम प्रधानन्यायाधीशबाट चल्दै आएको न्यायालयलाई नेतृत्वविहीन अवस्थाबाट मुक्त गराउनका लागि सो विधेयक पारित हुनु अनिवार्य छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्री लाई बिशेषाधिकारसहितको सर्त राखेर विधेयकको प्रस्ताव गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले असहमति जनाएको छ । जसका कारण सो विधेयक संसद्मा पेस हुन सकिरहेको छैन ।

तर, आजको बैठकमा संघीय संसद् अन्तर्गतका संयुक्त तथा प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिका सदस्यहरूको नाम भने मनोनयन हुने भएको छ । आज संसदले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा संसदीय समितिमा सदस्य मनोनयन मात्रै हुने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस