नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ । किर्तिपुर खेल मैदानमा भारी वर्षाको कारण कुवेतसँगको खेल रद्द भएपछि खेल नतिजा विहीन हुदाँ नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।

जितको लागि २ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाइरहँदा खेल वर्षाको कारण रोकिन पुगेको थियो । यसअघि पनि रोकिएको खेल पुनः सुरु गरिएको थियो । तर, फेरी खेल मैदानमा भीषण बर्षा पछि पुरै खेल नखेली समुह विजेता बन्दै नेपाल फाइनलमा पुगेको हो ।

नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा प्रतिस्पर्धामा उत्रेका थिए । पटक पटक परेको पानीका कारण खेल हुन नसकेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस